१८औं हिसान कास्की स्पोर्ट्स मिट: बास्केटबल र भलिबलतर्फ फाइनल समिकरण पुरा

ब्याडमिन्टन र टेबुलटेनिस सम्पन्न

पाेखरा | पुस ६, २०८२

१८औं हिसान कास्की स्पोर्ट्स मिट: बास्केटबल र भलिबलतर्फ फाइनल समिकरण पुरा

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका छन् भने बास्केटबल तथा भलिबलतर्फ फाइनल समिकरण पुरा भएको छ ।  


प्रतियोगिताको चौथो दिन कक्षा ११–१२ (प्लस टु) ब्याडमिन्टनतर्फ समग्रमा प्रतिभा र मदर ल्याण्डले ७–७ अंक प्राप्त गरी टिम च्याम्पियन भएका छन् । 


त्यस्तै ग्लोबल कलेजियटले ५ अंक प्राप्त गरी उपविजेता, रेन्वो र कास्की मोर्डनाइन्डले ३–३ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे । 


त्यस्तै विश्वविद्यालयतर्फ ७ अंक प्राप्त गरी इन्फरमेटिक्स पहिलो हुदा, ५ अंक प्राप्त गर्दै पोखरा लिंकन दोस्रो तथा पोखरा कलेज अफ म्यानेजमेन्टले ३ अंक प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ  । 
यसै गरी टेबुल टेनिसतर्फ सिर्जना मावि ७ अंकका साथ टिम च्याम्पियन हुदा प्रतिभा मावि ५ अंकका साथ उपबिजेता बनेको छ भने ग्लोबल ३ अंकका साथ तेस्रो भएको छ । 


ब्याडमिन्टन फाइनल 


सम्पन्न छात्रा ब्याडमिन्टन सिंगल्सतर्फ मदर ल्याण्डकी दिलाशा रानाले ग्लोबलकी रक्षा फगामीलाई २१–६, २१–६ ले पराजित गरी स्वर्ण पदक जितेकी छन् भने डबल्सतर्फ दिलाशा र कन्चन रानामगरको जोडीले फाइनलमा ग्लोबलका रक्षा र प्राप्ती खड्कालाई २१–९, २१–१३ ले पराजित गरी स्वर्ण पदक जिते । प्रतियोगितामा कास्की मोर्डनाइज्डकी प्रजु थापा र प्रतिभाकी लिजा छुमी तामाङले तेस्रो स्थान हात पारे । 


त्यस्तै छात्र सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा मदरल्याण्डका दिप रानालाई २१–१४, २१–१५ ले पराजित गरे । त्यस्तै छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र पवन गुरूङ, रेन्वोका रिसाल गुरूङ र किस्मत गुरूङ, कास्की मोर्डनाइन्जका रोहित श्रीष र ओजन भण्डारी तथा मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्की क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । 


विश्वविद्यालय छात्रा सिंगल्समा इन्फरमेटिक्सकी स्वेच्छा खड्काले फाइनलमा पिसिएमकी दिक्षा घर्तीमगरलाई २१–६, २१–१८ ले हराउँदै स्वर्ण पदक जित्दा छात्रतर्फ पोखरा लिंकनका रिजन सूर्यवंशीले फाइनलमा १८–२१, २१–१९ र २१–५ ले आफ्नै कलेजका हेप्पी गुरूङलाई पराजित गरे । छात्र सिंगल्समा इन्फरमेटिक्सकी रोनिका बुद्धाचार्य र ला ग्राण्डीकी आरती कुमारी तथा छात्रतर्फ इन्फरमेटिक्सका प्रिथक गुरूङ र विशेष बस्नेत तेस्रो भएका छन् । 


त्यस्तै डबल्सछात्रतर्फ इन्फरमेटिक्सका प्रीथक गुरूङ र विशेष बस्नेतको जोडीले पोखरा लिंकनको हेप्पी गुरूङ र प्रकाश विकको जोडीलाई २१–१८, १९–२१ र २२–२० ले पराजित गरी स्वर्ण पदक हात पारे । 


पेकका अमित भण्डारी र विश्वास धिताल तथा सोचका रोहित खार्जा र अर्पित नेपालीको जोडी तेस्रो भएका छन् । यता छात्रातर्फ इन्फरमेटिक्सका रोमीका बुद्धाचार्य र स्वेच्छा खडकाको जोडीले स्वर्ण पदक जितेको छ । उनीहरुले फाइनलमा पोखरा लिंकनको जोडी रेनु गुरूङ र समिक्षा कुमाललाई २१–९, २१–१३ ले पराजित गरेको छ भने पिसिएमका दिक्षा घर्ती मगर र सलिना जैशी तथा पेकका अनिषा अधिकारी र कल्पना गुरूङको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ । 


टेबुल टेनिस फाइनल 


यसै गरी प्रतियोगिताको चौथो दिन सम्पन्न प्लस टु टेबुल टेनिस छात्र सिंगल्सतर्फ सिर्जनाका विशेष गौचन प्रथम, प्रतिभाका गौरव शेरचन दोस्रो, प्रतिभाकै युनिश भुजेल र ग्लोबलका अशिम घले तेस्रो भएका छन् । छात्रातर्फ सिर्जनाकी तृषा गुरूङ, सगरमाथाकी सेजल बाँनिया, सिर्जनाकी प्रजिता मुडभरी तथा मदरल्याण्डकी अनुस्का भट्टराईले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे । 


त्यस्तै टेबुल टेनिस प्लस टु छात्र सिंगल्सतर्फ  प्रतिभाका गौरव भुजेल र युनिश भुजेल पहिलो, सगरमाथाका सुमित कोइराला र आर्यन क्षेत्री दोस्रो, सिर्जनका रोमिक थापा र विशेष गौचन तथा ग्लोबलका अशिम घले र सार्थक सिग्देलले तेस्रो स्थान हात पारे । त्यसै गरी छात्रा डबल्सतर्फ सिर्जनाका तृषा गुरूङ र प्रजिता मुडभरी, प्रतिभाका गौरी भुजेल र सुस्मी गुरूङ, सगरमाथाका सेजल बाँनिया र राधिका जैशी तथा ग्लोबलका मन्दिरा राई र मेलिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । 


प्रतियोगिताअन्तर्गत सम्पन्न विश्वविद्यालयतर्फ छात्रा टेबुल टेनिस सिंगल्समा इन्फरमेटिक्सकी अविशा श्रेष्ठ, पेककी रोनिका रुम्वा, इन्फरमेटिक्सकी दावा डोल्मा गुरूङ  र पेककी अनुस्का थेवे तथा छात्र डबल्सतर्फ पेकका सुवर्ण रुम्वा र मदन कार्की, त्रिवेणीका पवन खत्री तथा पिएलआइसीका सन्सार गुरूङ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् । 


त्यस्तै डबल्स छात्रतर्फ पेकका सूवर्ण रुम्वा र मदन कार्की, पोखरा लिंकनका संसार गुरूङ र प्रकाश विक, माउन्ट अन्नपूर्णका सिद्धार्थ खड्का र प्रवेग बस्नेत, पिसिएमका सुजन गौतम र निर्भय लिगलले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल रहे भने छात्रा डबल्सतर्फ इन्फरमेटिक्सका दावा डोल्मा गुरूङ र अभिषा श्रेष्ठ, पेकका अनुस्का थेवे र रोनिका रुम्वा, ला ग्राण्डीका प्रतिक्षा कार्की र जेशीका गुरूङ, पिसिएमका प्रतिक्षा केसी र सजिना पौडेलको जोडी क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् । 


भलिबल 


१७ औं हिसान स्पोर्टस मिट छात्र भलिबलतर्फ प्रतिभा मावि र पोखरा युनाइटेड भिड्ने भएका छन् । प्रतिभाले न्यू ग्यालेक्सीलाई २५–१५, २१–२५ र २५–२१ ले तथा पोखरा युनाइटेडले माउन्ट अन्नपूर्णलाई २५–१३ र २५–१४ ले पराजित गरेको हो । तेस्रो स्थानका लागि न्यू ग्यालेक्सी र माउन्ट अन्नपूर्ण आमने सामने हुनेछन् । 


त्यसै गरी छात्रा भलिबलको फाइनलमा प्रतिभाले गुरूकुलको सामना गर्ने भएको छ । आज सम्पन्न सेमीफाइनलमा प्रतिभाले पश्चिमाञ्चललाई २५–१५ र २५–२० ले पाखा लगाउँदै फाइनलमा स्थान बनाउँदा गुरूकुलले न्यू ग्यालेक्सीलाई १९–२५, २५–२२ र २५–१६ ले जित हात पारेको हो । सेमीफाइनलमा पराजित दुबै टिम न्यू ग्यालेक्सी र पश्चिमाञ्चल तेस्रो स्थानका लागि खेल्नेछन् । 


बास्केटबल 


हिसान स्पोर्ट्स मिटअन्तर्गत प्लस टु छात्र बास्केटबलमा फाइनलमा प्रतिभा मावि र मनकामना भिड्ने भएका छन् । सम्पन्न सेमीफाइनलमा प्रतिभाले कास्की मोर्डनाइज्डलाई ५४–३० र मनकामनाले न्यू ग्यालेक्सीलाई ४९–४८ को स्कोरले पराजित गरे । पराजित दुबै टोली तेस्रो स्थानका लागि खेल्नेछन् भने छात्रा फाइनलमा फिसटेल र न्यूग्यालेक्सी फाइनलमा प्रवेश गर्दा पोखरा आदर्श र कास्की मोर्डनाइज्ड तेस्रो स्थानका लागि भिडनेछन् । 


१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका छन् । जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ । 


त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम,  टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डबल्सतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिएका छन् । 


त्यस्तै, विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् । 


१५औं देखि १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार तीन पटक र न्यू ग्यालेक्सीले लगातार चार पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।


निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्